गलवान घाटीमा मरेका चिनियाँ सेनामाथि टिप्पणी गर्ने ब्लगरलाई जेल सजाय
बीबीसी। गलवान घाटीमा गत वर्ष चीन र भारतका सेनाबीचको झडपमा मारिएका चिनियाँ सेनाको बारेमा टिप्पणी गर्ने एक ब्लगरलाई चीनको एक अदालतले जेल सजाय सुनाएको छ। ३८ वर्षीय ब्लगर चियो जिमिङ्गलाई नायक तथा शहीदको अपमान गरेकोमा आठ महिना जेल सजाय सुनाइएको छ। चियोले माफी मागेका कारण सजाय कम गरिएको थियो। माफी नमागेको भए उनलाई तीन वर्षको जेल सजाय हुने थियो।
प्रतिक्रिया दिनुहोस्