सर्लाहीमा निषेधाज्ञा कडाइको माग गर्दै ज्ञापनपत्र, भने-प्रहरीको साथमा छौं
सर्लाही। सर्लाहीको बरथवा नगरपालिकामा एक समूहले निषेधाज्ञा कडाइमा समर्थन जनाउँदै प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। निषेधाज्ञाको सुरुवातमा कडाई गरेपनि पछिल्लो समय केही व्यक्तिले प्रहरीलाई असहयोग गरेपछि निषेधाज्ञामा बजारमा चहलपहल बढेको र यसले कोरोना संक्रमण बढाएको भन्दै कडाईको लागि माग गरेका हुन्। स्थानीय नेपाल युवा विकास समाजका अध्यक्ष राम प्रमोद रायले भने,‘हाम्रो प्रहरीलाई सहयोग हुन्छ। आपराधिक मानसिकता भएकाले प्रहरीलाई लान्छना लगाएका हुन्।’
प्रतिक्रिया दिनुहोस्