न्यायाधीशद्वयलाई बाहिर राखेर इजलास गठन हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता काठमाडौं। पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले दुईजना न्यायाधीशलाई बाहिर राखेर इजलास गर्न नहुने बताएका छन्। प्रधानन्यायाधीश र सर्वोच्च बार एसोसिएसनबीच वरिष्ठताको आधारमा इजलास गठन गर्ने सहमति भएको बेला पूर्वमहान्यायाधिवक्ता खरेलले दुईजना न्यायाधीशलाई बाहिर राखेर इजलास गठन हुन नसक्ने बताएका हुन्। “प्रधानन्यायाधीशले यसरी इजलास गठन गर्नुहुन्न। यस्तो गर्नु पनि हुँदैन,” उनले भने, “निवेदकहरू आफ्नोअनुकुल इजलास गठन गरेर हिँड्न खोजेका छन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्