युगाण्डाको यातायातमन्त्रीको हत्या प्रयास विफल, छोरी र चालक मारिए बीबीसी। युगाण्डाको यातायातमन्त्री तथा पूर्वसैनिक कमाण्डर कटुम्बा वमालाको आज एक बन्दुकारी समूहले हत्या गर्ने प्रयास गरेको छ। बन्दुकधारीले गरेको आक्रमणमा वमालाको छोरी र सवारी चालक मारिएका छन भने उनी घाइते भएका छन्। प्रत्यक्षदर्शीकाअनुसार मोटरसाइकलमा आएका बन्दुकधारीले वमालाको गाडीमा अन्धाधुन्दा गोली चलाएका थिए। युगाण्डाको सेनाले सो आक्रमणको जाँच भइरहेको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्