आइएमई फाउन्डेसनद्वारा तीन करोडको स्वास्थ्योपकरण सहयोग काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्