सुत्ने तकिया कहिले फेर्ने ?
एजेन्सी ।निन्द्रा सम्वन्धि अनुसन्धान गरिरहेका विज्ञहरु भन्छन्, एकदेखि दुईवर्षमा तकिया फेर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । लामो समयसम्म एउटै तकिया प्रयोग गर्दा त्यसले घाँटीको मांसपेशीमा समस्या निमत्याउन सक्ने विज्ञहरुले वताएका छन् । धेरै छिटो छिटो तकिया परिवर्तन गर्नु पनि झन्झटिलो हुने र त्यसले निन्द्रा बिथोल्न सक्ने भएकोले एकदेखि दुई बर्षमा तकिया फेर्नुलाइ राम्रो मानिएको हो ।
प्रतिक्रिया दिनुहोस्