म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला म्याग्दी। अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन्। तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा उनको शव भेटिएको हो। हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।स्थानीयवासीले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्