लागु औषध कारोबारमा संलग्न दुई पक्राउ
काठमाडौं। लागुऔषध कारोबारमा संलग्न मेडिकल सञ्चालकसहित दुई जना पक्राउ परेका छन्। पोखराको सत्य भगवती मेडिकल हलका २९ वर्षीय सञ्चालक अभिषेक थापा र खरिद गर्ने भरतपुर–२ का १८ वर्षीय आशिष तिवारीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट ट्रमा–६८० ट्याव, अनार्गन–१०१० ट्याब, र ट्रुपिन ८१ ट्याव बरामद भएको प्रहरी बताएको छ।
प्रतिक्रिया दिनुहोस्