राप्रपाले पृथ्वीजयन्ती तीन दिनसम्म मनाउने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस २६-२८ पुसको तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ।

देशभरका सबै जिल्ला कार्यसमितिलाई पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न राप्रपाले निर्देशन दिएको छ।

२७ पुसमा राप्रपाले शुभकामना तथा चियापान आयोजना गर्नेछ।

चियापान तथा शुभकामना कार्यक्रममा सहभागिताका लागि १० हजार निमन्त्रणा कार्ड वितरण गरिने राप्रपाका नेता देवेन्द्र प्रधानले बताए।

राष्ट्र निर्माता शाहको दूरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण र एकीकरण सम्भव भएकाले हामीले आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएको हुँदा दिवस मनाउन लागिएको प्रधानले बताए।

राप्रपाले २७ पुसमा सार्वजनिक बिदाको समेत माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्