गोदावरीको निर्माणाधीन होटल भवन भित्र पाँच वर्षीया बालिका बलात्कृत
काठमाडौं।ललितपुरको गोदावरी नगरपालिका–३ मोतिचौरमा निर्माणाधीन होटेल भवनभित्र पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा प्रहरीले सोही स्थान बस्ने सप्तरी शम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदालाई प्रहरीले पक्राउ गरेको छ।निर्माणाधीन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्