भक्तपुरमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं। भक्तपुरमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सूर्यबिनायक नगरपालिका–७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबारराति प्रहरीले पक्राउ गरेको छ। कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्