फिलिपिन्सले बढायो नेपालबाट हुने यात्रामा प्रतिबन्ध
काठमाडौं। फिलिपिन्स सरकारले नेपालसहितका सात मुलुकहरुबाट हुने यात्रामाथिको प्रतिबन्धलाई जुन १५ सम्म बढाएको छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, ओमान, युएई लगायतका देशबाट यात्रा गर्नेमाथि फिलिपिन्स सरकारले मे ५ देखि यात्रामा प्रतिबन्ध लगाएको थियो। कोभिड–१९ को इन्डियन भेरियन्ट (डेल्टा)को संक्रमण रोकथामका लागि भन्दै लगाइएको प्रतिबन्धलाई राष्ट्रपति रोड्रोगो डुटेर्टेले अनुमोदन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्