भारतको मणिपुरवासीको इजरायल मोह, के छ कनेक्सन?
एजेन्सी। सोमबार भारतको मणिपुरका बिनेई मेनाशे समुदायका २७५ जना इजरायल जान दिल्ली विमानस्थल पुगे। तीमध्ये केहीलाई कोरोना पोजिटिभ भएका कारण जान पाएनन् भने अधिकांश गए। बिनेई मेनाशे इजरायली यहुदीकै एक गोत्र हुन्। यिनका पूर्वज इजरायली भएकै कारण यिनीहरु आफ्नो भूमिमा फर्कन चाहेको बताइन्छ। पूर्वजको थातथलो खोज्दै इजरायल पुग्ने मणिपुरका बिनेई मेनाशेलाई इजरायली नागरिकता पनि सहज रुपमा दिइएको छ।
प्रतिक्रिया दिनुहोस्