बेलायतमा लकडाउन नहटाउन वैज्ञानिकको सल्लाह
एजेन्सी। बेलायतका वैज्ञानिकहरुले लकडाउन नहटाउन सरकारलाई सल्लाह दिएका छन्। त्यहाँ जुन २१ देखि लकडाउन हटाउने योजना छ। यो मितिलाई केही लम्ब्याउन वैज्ञानिकहरुले आग्रह गरेका हुन्। वैज्ञानिकहरुका अनुसार, कोरोनाको तेस्रो लहरको खतरा अझै छ। संक्रमण दर कम भए पनि भारतीय भेरिएन्टले तर्साइरहेको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिक रवि गुप्ता बताउँछन्। भ्याक्सिनेसन तीव्र पार्दै केही साता लकडाउन कायम राख्न वैज्ञानिकहरुले सरकारलाई सल्लाह दिएका छन्।
प्रतिक्रिया दिनुहोस्