निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कार्वाही चितवन। कोरोनाका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कार्वाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कार्वाही गरिएको हो। उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ। निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेकाले उनीहरुलाई कार्वाही गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्