असम्बद्ध निकायबाट फैसला परीक्षण संवैधानिक मान्यता विपरितः प्रधानन्यायाधीश राणा

काठमाडाैं। प्रधानन्यायधिश चोलन्द्र शमसेर जवराले न्यायपालिकाले स्वयत्तता, स्वतन्त्रता र सुनिश्चित एवम् समुचित अभ्यास गर्ने विषय महत्वपूर्ण हुने बताएका छन्।

दशैं, तिहार, नेपाल सम्बत र छठको अवसरमा सर्बाेच्च अदालतले आज गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा प्रधानन्यायधिश जबराले संविधानले परिकल्पना अनुसारको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट मात्रै संविधानवाद, लोकतन्त्र, विधिको शासन र मानवअधिकारको रक्षा हुने बताए ।

उनले स्वतन्त्रता र स्वायत्तताजस्ता विषय संविधान र कानुनमा राख्दैमा स्वतः कायम हुने विषय नभई त्यसप्रतिको सम्मान र व्यवहारबाट मात्रै प्राप्त हुने स्पष्ट पारे।

प्रधानन्याधिश जबराले सक्षम न्यायपालिकाबाट मात्र न्यायसम्पादन, फैसला र आदेशहरुको परीक्षण हुनसक्ने भन्दै असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य संवैधानिक मान्यता विपरित हुने बताए ।

उनले संविधान र कानुनले अपेक्षा गरे अनुसारको भूमिका निर्वाह गर्न न्यायपालिका सदैव क्रियाशील रहेको भन्दैै दशैं, तिहार, नेपाल सम्बत् तथा छठजस्ता सांस्कृतिक पर्वहरुले मुलुकको विकास, समृद्धि, सुशासन र न्यायपूर्ण समाजको स्थापना गर्न आ–आफ्नो ठाउँबाट लाग्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्