१०० जनाको हत्या गर्ने इटलीका माफिया ब्रुस्का रिहा बीबीसी। इटालीको सिसिलीका ‘माफिया बोस’का रूपमा परिचित जोवानी ब्रुस्का जेलबाट रिहा भएका छन्। एक सयजनाको हत्या गरेको स्वीकार गरेका उनी २५ वर्ष जेल बसेपछि रिहा भएका हुन्। उनले एक बच्चालाई तेजाबमा डुबाएर मारेका थिए भने एकजना वरिष्ठ वकिलको हत्या गरेको स्वीकारेका थिए। उनलाई ‘जनताको हत्यारा’ उपनाम दिइएको थियो। उनी १९९६मा पक्राउ परेपछि अन्य माफियाहरूलाई पक्राउ गर्न सरकारलाई सहयोग गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्