चन्द्रागिरीमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु
काठमाडौं। चन्द्रागिरी नगरपालिका-१३ कंकालीस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को झरेर पुरिँदा दुईजनाको बुधबार मृत्यु भएको छ। उदयपुर बेलका नगरपालिका-८ की ३६ वर्षीया सीता राई र मकवानपुर राङसिङका २० वर्षीय टेकबहादुर चेपाङको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको र अन्य दुईजनाको उपचार भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्