भारतको कश्मीरमा ६ वर्षकी बालिकाले फेरिदिइन् शिक्षा नीति
बीबीसी। जम्मू-कश्मीरमा ६ वर्षीया माहिरुले शिक्षानीतिमा फेरबदल ल्याइदिएकी छन्। “मेरो अनलाइन कक्षा बिहान १० देखि दिउँसो २ बजेसम्म हुन्छ। साना बच्चालाई यति धेरै होमवर्क किन दिइन्छ मोदी साहब?,” उनको केही दिनअघिको भिडियो भाइरल भयो। जम्मू-कश्मीरका उप-राज्यपाल मनोज सिन्हाले सो भिडियो रिट्वीट गरेपछि त्यहाँको शिक्षा विभागले केन्द्रको निर्देशन पालना गर्न र अनलाइन कक्षाको समय तोक्न निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्