स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एकजना पक्राउ पर्सा। स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको आरोपमा प्रहरीले एकजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साह रहेका छन्। आफ्नो फेसबुक पेज तथा मेसेन्जरसमेतबाट स्वास्थ्यकर्मीलाई पटक-पटक आपत्तिजनक शब्दहरू प्रयोग गरेको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्