स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद हुने व्यवस्थासहितकोअध्यादेश ल्याउने सरकारको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ।जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने,हातपात गर्ने यस्तो सजाय हुने व्यवस्था गर्न लागिएको मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतले बताए।
प्रतिक्रिया दिनुहोस्