भारतमा चिकित्सकमाथि आक्रमण गर्ने २४ जना पक्राउ एजेन्सी। भारतको आसाममा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले बताए। होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना संक्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउजकुमार सेनापतिमाथि आक्रमण भएको थियो। घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको मुख्यमन्त्री शर्माले ट्विटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्