काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भएको छ।
अमेरिका र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा यसको असर नेपाली बजारमा पनि परेको हो।
एक साताको अवधिमा नेपालमा सुनको मूल्य २ हजार ७०० रूपैयाँ बढेको छ। १४ पुसमा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज नेपाल सुनचाँदी व्यवसायी महासंघले ७६ हजार रूपैयाँमा कारोबार भइरहेको जनाएको छ।
यो मूल्य अहिलेसम्मकै उच्च हो।
महासंघका अनुसार एक वर्ष यता सुनको मूल्य प्रतितोला १६ हजार २०० रूपैयाँले बढेको छ। २२ पुस २०७५ मा सुनको मूल्य प्रतितोला ५९ हजार ८०० रूपैयाँ रहेको थियो। त्यस यता ९ माघ २०७५ मा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५०० रूपैयाँ पुगेको थियो। एकसाता यता फेरि सुनको मूल्य निरन्तर बढिरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।
महासचिव बज्राचार्यका अनुसार सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका र इरानबीचको तनाब हो। अमेरिका र इरानबीच तनाब बढेपछि लगानीकर्ताले सुरक्षित लगानीको रूपमा सुनलाई लिएका छन्।
त्यस्तै चीन र अमेरिकाबीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कर्यान्वयनमा आउन नसक्नुले पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका छन्।
त्यसको असर विश्व सुन बजारमा परिरहेको छ। अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रूपैयाँको क्रयशक्ति पनि घटेको छ। यसबाट डलरको भाउ बढ्न गई नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ।
विश्व बजारमा सुनको माग अझैं बढ्न सक्ने भएकाले फेरिपनि नयाँ रेकर्ड कायम हुन सक्ने सम्भावना उस्तै छ। बज्राचार्यका अनुसार मूल्य बढेसँगै बजारमा खरीद गर्ने भन्दा विक्री गर्न आउनेहरूको संख्या बढ्ने गरेको छ। सुनको मूल्य उच्च भएसँगै यसको कारोबार पनि घटेको छ।
" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भएको छ।अमेरिका र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा यसको असर नेपाली बजारमा पनि परेको हो।

">