इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ सामग्री सहयोग
काठमाडौं। इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई १४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेके छ। जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका लागि प्रत्येकलाई दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन्। बेलायतस्थित नेपाली राजदूतावास लण्डनमार्फत ती सामग्री नेपाल पठाउने अध्यक्ष राईले बताइन्।रासस
प्रतिक्रिया दिनुहोस्