कोरोनाले पौने ११ करोड श्रमिकलाई गरिब बनायोः राष्ट्र संघ एजेन्सी। कोरोनाले अहिलेसम्म १० करोड ८० लाख श्रमिकलाई गरिब बनाएको संयुक्त राष्ट्र संघको पछिल्लो रिपोर्टमा बताइएको छ। रिपोर्टमा आगामी वर्ष २० करोड मानिस बेरोजगार हुने आशंका गरिएको छ। राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले बुधबार जारी गरेको 'विश्व रोजगार तथा सामाजिक परिदृश्य २०२१'मा भनिएको छ-'महामारीले श्रमबजारमा परेको संकट कायमै छ। २०२३ सम्म रोजगारी वृद्धि हुन गाह्रो छ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्