काठमाडौं। नेपाली कांग्रेसका ४७ जिल्लाका सभापतिहरूले संस्थापन पक्षले ११ पुसमा गरेको निर्णय फिर्ता गर्नुपर्ने माग गरेका छन्।
कांग्रेसको संस्थापनइतर समूहको आयोजनामा आज काठमाडौंमा शुरू भएको जिल्ला सभापतिहरूको भेलामा सहभागीले यस्तो माग गरेका हुन्।
११ पुसमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन अर्को वर्षको फागुनमा गर्ने निर्णय गरेको थियो। बैठकले कांग्रेसको विधानका कतिपय धारा समेत निलम्बन गरेको थियो।
संस्थापनइतरका नेताहरूले त्यो बैठक बहिष्कार गरेका थिए। संस्थापनइतरको नेतृत्व कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्।
“४७ जिल्लाका सभापतिहरूले एक स्वरमा ११ पुसको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्”, नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले देखापढीलाई भने, “१४औं महाधिवेशनको कार्यतालिका पनि सर्वसम्मत रूपमा तय हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ।”
सभापतिहरुको भेला २२ पुससम्म चल्ने र थप चार जिल्लाका सभापति पनि भेलामा सहभागी हुने केसीले बताए।
‘भयरहित महाधिवेशन गराऊ’
यसैबीच, कांग्रेसका जिल्ला सभापतिहरुले आउँदो १४ औं महाधिवेशन भयरहित वातावरणमा गर्नसमेत आग्रह गरेका छन्।
पार्टी नेतृत्वका कारण महाधिवेशन भयरहित हुनेमा संशय पैदा भएको उनीहरूको जिकिर थियो।
" /> काठमाडौं। नेपाली कांग्रेसका ४७ जिल्लाका सभापतिहरूले संस्थापन पक्षले ११ पुसमा गरेको निर्णय फिर्ता गर्नुपर्ने माग गरेका छन्।कांग्रेसको संस्थापनइतर समूहको आयोजनामा आज काठमाडौंमा शुरू भएको जिल्ला सभापतिहरूको भेलामा सहभागीले यस्तो माग गरेका हुन्।

">