भक्तपुरमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भक्तपुर। भक्तपुरमा १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार भएको छ। यौन दुर्व्यवहारको आरोपमा सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई प्रहरीले पक्राउ गरेको छ। मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका–१ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्