पाकिस्तानले ताजिकिस्तानलाई घरेलु हतियार बेच्ने
एजेन्सी। पाकिस्तानले ताजिकिस्तानलाई घरेलु हतियार बेच्ने सम्झौता गरेको छ। ताजिकिस्तानका राष्ट्रपति इमान अली रहमानले दुई दिने पाकिस्तान भ्रमणका बखत बुधबार यो सम्झौता गरेका हुन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ताजिकिस्तानका राष्ट्रपति रहमानसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने, "हाम्रो रक्षा सम्बन्ध सुधारका लागि यो निकै महत्वपूर्ण छ।" दुई देशबीच शिक्षा, संस्कृति तथा कला उत्थानबारे पनि सम्झौता भएको छ।
प्रतिक्रिया दिनुहोस्