जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको संकटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगित भएको छ। आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि सुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगित गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारी बताए। निकुञ्जमा गौरीगाई पाइने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरेर गणना भइरहेको छ।रासस
प्रतिक्रिया दिनुहोस्