महोत्तरीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप
महोत्तरी। महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप गरेको हो। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भीडभाड र हिडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए। वैशाख १४ गतेयता कोरोना संक्रमणले ६९ जनाको ज्यान गइसकेको छ।
प्रतिक्रिया दिनुहोस्