निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ६९५ वटा सवारी साधन नियन्त्रणमा काठमाडौं।विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ६९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ६९३ वटा गाडी र १ हजार २ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ। यस्तै सोही अवधिमा अनावश्यक रुपमा हिँडडुल गर्ने ४ हजार ८५० जनालाई सम्झाई बुझाई छाडिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्