हवाई भाडा घटाउन निगमलाई निर्देशन काठमाडौं। नेपाल आयल निगमलाई हवाई भाडा घटाउन पर्यटन मन्त्रालयले निर्देशन दिएको छ। आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले मन्त्रालयबाट मूल्य घटाउन निर्देशन आएको जानकारी दिए। निर्देशनअनुसार हवाई इन्धनको मूल्य घटाउने विषयमा केही दिनमा निर्णय आउने उपाध्यायले बताए। हाल नेपालमा हवाई इन्धनको मूल्य प्रतिलिटर ७८ रुपैयाँ र प्रतिकिलोलिटर ८९३ डलर कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्