नेपाली सेनाका अधिकृतलाई राष्ट्रसंघका महासचिवले दिए प्रशंषापत्र
काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिवले सुडानमा तैनाथ कालिध्वज गण दशौं डफ्फाका सह-सेनानी विज्ञान विष्टलाई कदर स्वरुप प्रशंषाप्रत्र प्रदान गरेका छन्। २०७७ मंसिर १० गते सुडानमा दुई जातिका हतियारधारी समुहबीच उत्पन्न हिंसात्मक झडपमा तत्काल तनावग्रस्त इलाकामा परिचालन भइ विष्टको अदम्य साहसका कारण ठूलो जनधनको क्षति हुनबाट जोगाएको कारण प्रशंषापत्र प्रदान गरिएको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्