आगलागीमा परी किरियापुत्री बसेका दम्पतीको मृत्यु
संखुवासभा। मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परी किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ। गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए। सात दिनअघि मृत्युु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो। रासस
प्रतिक्रिया दिनुहोस्