भोजपुर। हतुवागढी गाउँपालिकाको घोडेटारमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार २०० जनाले उपचार गराएका छन्।
हतुवागढी गाउँपालिकाको आयोजना तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा दुई दिन सञ्चालन गरिएको शिविरमा छाला, नाक, कान, आँखा, हार्डजोर्नी, स्त्री रोग परिक्षण, पाठेघरको जाँच र परामर्श गरिएको छ।
शिविरमा अधिकांस महिलामा आङ खस्ने र हाडजोर्नीको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए।
स्वास्थ्य परीक्षण तथा उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञसहित ६० जनाभन्दा बढी चिकित्सक सहभागी थिए।
दुर्गम क्षेत्रका वासिन्दालाई घरदैलोमै सेवा दिने गाउँपालिकाको उद्देश्यलाई शिविरले टेवा दिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए।
" /> भोजपुर। हतुवागढी गाउँपालिकाको घोडेटारमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार २०० जनाले उपचार गराएका छन्।हतुवागढी गाउँपालिकाको आयोजना तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा दुई दिन सञ्चालन गरिएको शिविरमा छाला, नाक, कान, आँखा, हार्डजोर्नी, स्त्री रोग परिक्षण, पाठेघरको जाँच र परामर्श गरिएको छ।

">