चार देशले इरानविरुद्ध सुरु गरे कानूनी कार्वाही बीबीसी। युक्रेन,बेलायत,स्वीडेन र क्यानडाले इरानविरुद्ध कानूनी कार्वाही सुरु गरेका छन्। गत वर्ष इरानले यात्रुवाहक विमान खसालेको सम्बन्धमा चार देशले कानूनी कार्वाही सुरु गरेका हुन्। जुन विमानलाई इरानले खसालेको थियो, त्यसमा यी चार देशका यात्रु रहेका थिए। उनीहरुले विमान खसालेको औपचारिक जिम्मेवारी लिन इरानलाई आग्रह गरेका छन्। यसका अलवा विमानमा ज्यान गुमाउने१७० जनाको परिवारलाई आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्