जर्मनीको बोनमा रहेको जग्गा र घर बिक्री गर्ने नेपाल सरकारको निर्णय काठमाडौं। सरकारले जर्मनीको बोनमा रहेको ५.६१ रोपनी जग्गा र घर बिक्री गर्ने निर्णय गरेको छ। यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीको वोनस्थित घर जग्गा बिक्री गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए। जर्मनीको राजधानी वर्लिन सरेपछि लामो समयदेखि बोनमा रहेको घर-जग्गा अलपत्र परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्