काठमाडौं। सरकार र सत्तारुढ नेकपाले संविधान संशोधनमा चासो नदिएको भन्दै समाजवादी पार्टीले सरकार छाडेसँगै त्यसले प्रदेश २ को सत्ता समीकरणलाई समेत तरंगित पारेको छ।
प्रदेश २ मा नेकपाको समर्थनमा समाजवादी पार्टी नेतृत्वको सरकार छ। समाजवादीका लालबाबु राउत मुख्यमन्त्री छन्।
केन्द्रमा सरकारलाई समाजवादी पार्टीले दिएको समर्थन फिर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइको बहुमतको लागि अर्को मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ।
आउँदो ९ माघको लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाबीच सहकार्य गर्ने सहमतिले यसलाई बल पुर्याएको छ।
अर्थात अब प्रदेश २ को सरकारको भविष्यमाथिसमेत प्रश्न उठेको छ।
नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
"राष्ट्रिय सभामा तालमेलले केही सशंकित गराएपनि तराइकै बेसमा राजनीति गरेको राजपाले अजेण्डा नै छाडेर जान्छ भन्ने लाग्दैन", समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राईले भने।
"हामी पर्ख र हेरको स्थितिमा छौं, राजनीतिमा धेरै हतार गर्न हुँदैन", देखापढीसँग कुरा गर्दै नेता मण्डलले भने, "सरकार गठनको दुई वर्ष त पुग्न दिऊँ न।"
प्रदेश सरकार गठन भएको दुई वर्ष नपुगेसम्म मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने संवैधानिक व्यवस्था छ।
संविधानको धारा १८८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन।
त्यसैगरी एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको अर्को एक वर्षभित्र पुन: अविश्वासको प्रस्ताव पेश गर्न पाईदैन।
आउँदो ३ फागुनमा प्रदेश २ मा सरकार गठन भएको दुई वर्ष पूरा हुँदैछ।
"सरकारमा मन लागे आउने, नलागे नछाड्नेजस्तो लुछाचुँडीमा समाजवादी देखियो। उहाँहरु अब कसरी अगाडि बढ्नुहुन्छ त्यसले प्रदेश सरकार समीकरणको आधार तय गर्छ", मण्डलले भने।
कम्युनिष्टलाई मधेशविरोधी भनेर छरिएको भ्रमलाई मधेशवादी दललाई नै समर्थन गरेर चिरेको नेकपाका प्रदेश इन्चार्जसमेत रहेका मण्डलले बताए।
समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष हेमराज राई भने राजपा र आफ्नो पार्टीको एउटै अजेण्डा संविधान संशोधन भएकाले प्रदेश २ मा तत्काल सरकार फेरबदलको सम्भावना नभएको बताउँछन्।
"राष्ट्रिय सभामा तालमेलले केही सशंकित गराएपनि तराइकै बेसमा राजनीति गरेको राजपाले अजेण्डा नै छाडेर जान्छ भन्ने लाग्दैन", उपाध्यक्ष राईले भने।
प्रदेश २ को सभामा कूल १०७ सिटमध्ये ३२ सिटसहित नेकपा ठूलो दल छ। समाजवादीको २९, नेपाली कांग्रेसको १९, राजपाको २५ तथा अन्यको २ सिट छ।
नेकपाको समर्थनमा राजपा र समाजवादी मिलेर यहाँको सरकार बनेको छ।
प्रदेश २ मा नेकपा सरकारमा सहभागी भने छैन ।
" /> काठमाडौं। सरकार र सत्तारुढ नेकपाले संविधान संशोधनमा चासो नदिएको भन्दै समाजवादी पार्टीले सरकार छाडेसँगै त्यसले प्रदेश २ को सत्ता समीकरणलाई समेत तरंगित पारेको छ।

">