डाक्टरहरुलाई कोरोना र भाजपा सरकारबाट जोगाउनुपर्छ : राहुल गान्धी एजेन्सी। कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले कोरोना भाइरस नियन्त्रणमा सरकारको रणनीति असफल भएको बताएका छन्। शुक्रबार उनले देशका डाक्टरहरुलाई कोरोना र भाजपा सरकारबाट जोगाउनुपर्ने भन्दै मोदी सरकारको तिखो आलोचना गरे। ट्वीटरमा उनले लेखेका छन्, ‘‘चिकित्सकहरुलाई कोरोना भाइरसका साथै भाजपा सरकारको खराब व्यवहारबाट जोगाउनुपर्छ। हामीलाई बचाउने चिकित्सकलाई बचाउँ।’’ पछिल्लो समय सत्तारुढ भाजपा र विपक्षी कंग्रेसबीच तिक्तता बढ्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्