चीनलाई १० ट्रिलियन डलर जरिवाना तिराउनुपर्छ : डोनाल्ड ट्रम्प एजेन्सी। वुहान ल्याबबाट कोरोना भाइरस फैलिएका कारण चीनलाई यसबापत् १० ट्रिलियन डलर जरिवाना तिराउनुपर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनले भने, ‘‘मैले त पहिला नै वुहान ल्याबबाट भाइरस फैलिएको बताएको हुँ। अब मेरा दुश्मन पनि यही कुरामा पक्का भइसकेका छन्।’’ उनले भाइरस वुहानबाट लिक हुँदा लाखौं मानिसको मृत्यु हुनुका साथै अन्य हानी भएकाले चीनलाई जरिवाना लगाउनुपर्ने तर्क गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्