पाँच बर्षपछि कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना सुरु
ताप्लेजुङ। ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको गणना सुरु गरिएको छ। कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना थालिएको हो। ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर गणना भइरहेको कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए। पाँच बर्ष अगाडि गरिएको गणनामा २२०० को संख्यामा नाउर रहेको थियो।
प्रतिक्रिया दिनुहोस्