वीरगञ्जमा असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले असार १ गतेबाट कक्षा ८ देखि १२ को कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन्। विद्यालय सञ्चालनको लागि अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नु पर्नेछ।
प्रतिक्रिया दिनुहोस्