भारतमा सस्तो भ्याक्सिन ल्याउँदै बायोलोजिकल-ई
एजेन्सी। भारतमा सबैभन्दा सस्तो भ्याक्सिन उत्पादन हुने सम्भावना बढेर गएको छ। हैदरावादस्थित कम्पनी बायोलोजिकल-ईले निर्माण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिन 'कोर्बेभ्याक्स' चाँडै नै बजारमा आउने देखिएको छ। यो भ्याक्सिनको दुवै डोजको मूल्य पाँच सय भारु पर्ने अनुमान गरिएको छ। आपत्कालीन प्रयोगको स्वीकृति पाउन बाँकी यो भ्याक्सिन निर्माणका लागि सरकारले १५०० करोड रुपैयाँ एड्भान्स दिएर ३० करोड डोज अर्डर गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्