अफ्रिकन स्वाइन फिभरले भारतको मिजोरममा पाँच हजार सुंगुर मरे एजेन्सी। भारतको मिजोरममा अफ्रिकी स्वाइन फिभरका कारण पाँच हजारभन्दा बढी सुंगुर मरेका छन्। यसले सुंगुर पालन गरिरहेका किसान मर्कामा परेको स्थानीय सरकारले बताएको छ। पशु कार्यालयका अनुसार मार्च महिनादेखि अहिलेसम्म ५०२७ सुंगुुर मरिसकेका छन्। यसबाट झण्डै सवा २० करोड भारु नोक्सान भएको छ। मार्च महिनामा मिजोरमको लुंगलेईमा देखिएको अफ्रिकन स्वाइन फिभर केही समयपछि आइजोल जिल्लामा भेटिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्