नियममा आउन ट्वीटरलाई भारतको अन्तिम चेतावनी
एजेन्सी। भारत सरकारले ल्याएको नयाँ प्रविधि नियमको दायरामा आउन ट्वीटरलाई अन्तिम चेतावनी दिएको छ। नयाँ प्रविधि नियमअनुसार ठूला विदेशी सोसल मिडियाले भारतमै सम्पर्क व्यक्ति राख्नुपर्छ। हाल ट्वीटरले भारतमा केही निर्णय गर्नुपरेमा अमेरिकी मुख्यालयमै सम्पर्क गर्दै आएको छ। यस्तै नियम लागू भएमा ट्वीटर भारतीय कानूनको दायरामा आउँछ। त्यसैले नियममा आउन अन्तिम चेतावनी दिएको हो।
प्रतिक्रिया दिनुहोस्