लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निमार्णको काम सुरु
दाङ। लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निमार्णको काम सुरु गरिएको छ। प्रदेशसभा बैठक सञ्चालनका लागि सभाहल निर्माणको काम सुरु गरिएको हो। सभाहल निर्माणका लागि पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम सुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले बताए। अस्थायी राजधानी बुटवलमा रहेका मन्त्रालय,निर्देशनालय तथा अन्य कार्यालय स्थायी राजधानीमा स्थानान्तरणको योजना छ।रासस
प्रतिक्रिया दिनुहोस्