वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण काठमाडौं। विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र संघीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४२१औं हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो। साम्बा, काइयो र सिसौं जातका करिब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्