मनोहरा किनारमा गुर्जोको १०० बिरुवा रोपण
काठमाडौं। मनोहरा सफाइका क्रममा नदी किनारमा गुर्जोका १०० बिरुवा रोपण गरिएको छ। निःशुल्क रुपमा गुर्जोका बिरुवा आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले उपलब्ध गराएका थिए। अभियानकर्मी राजलवटले गुर्जोबाट बनेको औषधि निःशुल्क वितरण गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्