विकास र वातावरणबीच सन्तुलन आवश्यक छः मुख्यसचिव बैरागी
काठमाडौं। नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताएका छन्। हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको उनले बताए। वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसकाअवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा मुख्यसचिव बैरागीले नेपालले वातावरण संरक्षणका लागि आगामी अक्टोबरमा 'सगरमाथा संवाद' आयोजना गरिने बताए।
प्रतिक्रिया दिनुहोस्