निकारागुआका विपक्षी नेतालाई तत्काल रिहा गर्न अमेरिकाको माग
अल जजिरा। संयुक्त राज्य अमेरिकाले निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगालाई त्यहाँका विपक्षी दलका नेता क्रिस्टियाना चमोरो तथा उनका दुईजना साथीहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। आगामी नोभेम्बरको चुनावअगाडि चमोरोलाई २ जुनमा प्रहरीले राजधानी मानागुआस्थित उनको घरमै नजरबन्द गरेको थियो। उक्त निर्वाचनमा ६७ वर्षीय पत्रकार चमोरोले दुई कार्यकाल चलाइसकेका ओर्टेगासँग प्रतिस्पर्धा गर्नेछन्। अमेरिकाले यस कार्यबाट मानवअधिकारको उल्लंघन भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्